April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देशभर बढ्यो चिसो, कर्णाली र सुदूरपश्चिममा हिमपातको पूर्वानुमान

6.1K

काठमाडौँ- तापक्रम घट्दै जाँदा देशभर चिसो बढेको  छ ।

आज कर्णाली कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुनेछ ।

महाशाखाका अनुसार आज बिहान साढे ८ बजे काठमाण्डौको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियससम्म हुन सक्ने अनुमान गरिएको छ ।

बिहानको मापनअनुसार सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।