November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इलाममा लागुऔषध प्रयोगकर्ता बढ्दो, १६ देखि २० वर्ष समूहका बढी

२०७७ फाल्गुन १९

5.5K

इलाम । इलाम नगरपालिका–७ फूलगाछीबाट गत सोमबार लागुऔषधसहित चारजना युवा पक्राउ परे। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने ७५० मिलिग्राम लागुऔषध र सेवनका लागि प्रयोग गरिने सामग्री, स्टिलको प्लेटलगायतको सामग्री प्रहरीले बरामद गर्‍यो। गत माघ १९ मा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–४ लखनचोकमा देउमाई नगरपालिका–३ शान्तिडाँडाका ४७ वर्षीय रमेश अधिकारीलाई लागुऔषधसहित पक्राउ गर्‍यो।

झापाको बिर्तामोडबाट माई नगरपालिकाको दानाबारी आउँदै गरेका मे १० प ५१७४ नम्बरको मोटसाइकलमा सवार अधिकारीको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर बरामद गर्‍यो। लागुऔषधसँग जोगिडएका दुई महिनाको अवधिमा भएका यी केही प्रतिनिधि घटना मात्र हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागुऔषधसहित ३० जना पक्राउ परेका छन्। जसमा २५ जना पुरुष, तीनजना महिला र दुईजना बालक रहेका छन्। लागुऔषधसँग सम्बन्धित १३ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, सोही अवधिमा तीन हजार ६७१.९ मिलिग्राम ब्राउन सुगर, चार किलो ७४३ ग्राम गाँजा र नौ थान लठ्याउने एम्पुललगायतको ट्याब्लेट बरामद गरेको सुवेदीले जानकारी दिए।

आर्थिक वर्ष २०७६र०७७ मा लागुऔषध प्रयोगकर्ताको संख्या १४ रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। जसमा पाँचवटा मुद्दा दर्ता भएको छ भने नौजना प्रतिवादी पक्राउ परे। सुवेदीअनुसार इलाममा १६ देखि २० वर्ष उमेरका लागुऔषध प्रयोगकर्ता बढी छन्। ‘उमेरभन्दा पनि आवश्यकताको आधारमा सबै उमेर समूहका छन्। तर धेरै जसो भर्खर कलेज जान थालेका युवाहरुको संलग्नता पाइन्छ।