November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देशभर २४ घण्टामा १९४५ कोरोना संक्रमित थपिए

2.4K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

काठमाडौंमा कति थपिए ?

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन्।

हालसम्म काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्।

थप ५३६४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप २२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा ३ र सुनसरीमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा १७ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १ सय ७४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ८८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासी पूर्वमा १४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ११, वागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नलवपरासीमा १९, पाल्पामा १५, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धरामा ५, डोटीमा १, दार्चुलामा १९, बझाङमा २, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।