April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रकृतिको उपहार,सुन्दरताले भरिएको माईजोगमाईको टङ्लु(फोटो फिचर)

२०७७ फाल्गुन १७

2.8K

इलाम । इलामकाे जौबारीबाट तुम्लिङ हुँदै २ किलोमिटरको यात्रामा पछि पुगिन्छ प्रकृतिले सजिएकाे क्षेत्र टोङलु । माईजोगमाई गाउँपालिका  २ मा अवस्थित टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ । हिमाली दृश्य र प्रकृतिसँगै रमाउनका लागि हजारौँ पर्टकमाझ टङ्लुले हरेक वर्ष लोकप्रियता कमाउदै गएकाे छ ।

हिमालसँगै कुम जोडाएर फोटो खिच्न पाउँदा टङ्लु पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँछ । मौसम खुल्ला भएको बेला भारतका सहर, नेपालको कोशी नदि समेत प्रष्टसँग देख्न सकिन्छ । साँझको समयमा झिलिमिल कर्साङ र दार्जिलिङको दृश्य अनी टङ्लुको पोखरी माथिको डाँडामा रमाउन पाउँदा आहा टङ्लु पुग्नुको मज्जा कत्ति हो कत्ति ।

Advertisement