April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गौतमबुद्ध रंगशालामा १ लाख तिरे कुर्सीमा नाम

२०७७ फाल्गुन १७

2.8K

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् ।

फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ । कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ ।

रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ ।

Advertisement

यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ ।

पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको सुरुवात गरेको हो । फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने अनुमान गरेको छ ।

भरतपुर नगरपालिकासंगको सहकार्यमा जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते भरतपुर महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।