काठमाडाैं– भारतकाे तेलंगानामा एक फाइटर भालेले मालिकको हत्या गरेको छ। तर प्रहरीले हालसम्म उक्त हत्यारा भालेलाई पक्राउ नगरेको जनाएको छ।
प्रहरीका अनुसार फेब्रुअरी २२ मा लाेथुनुर गाउँमा आयाेजना गरिएकाे ‘ककफाइट’का लागि भालेको खुट्टामा चक्कु बाँधिएको थियो। प्रतिष्पधीसँग जुध्न पठाउन लाग्दा भाले भागेपछि समाउने क्रममा मालिक थानुगुल्ला सतीशको पेट र तीघ्राबीचको भाग काटेको थियो।
गम्भीर अवस्थामा अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तश्रावको कारण ती सतीशकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
तेलंगाना राज्यमा ‘ककफाइट’ गराउन प्रतिबन्ध लगाइएको छ, त्यसैले केही व्यक्तिले गोप्य रूपमा गाउँको मेलामा यस्ता प्रतियोगिता गर्दै आएका छन्।
यस घटनापछि प्रहरीले भालेलाई गोलापल्ली प्रहरी स्टेशनमा ल्याएको छ। जहाँ उसलाई राखिएको छ। प्रहरीहरूले उसको हेरचाह गरिरहेका छन्।