लण्डन– नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत ७० औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाइको छ । नेपाली जनसम्पर्क क्षेत्रिय समिति ९केन्ट० यूकेको संयोजनमा भएको कार्यक्रममा २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य भिष्मराज आङ्देम्बेले २००७ सालको प्रजातन्त्र प्राप्तिमा पूर्व गोर्खा सैनिकहरुको योगदान सधै अतुलनीय रहेको बताए । प्रजातन्त्र प्राप्ति गर्नका लागि जीवन उत्सर्ग गर्ने जननायकहरुलाई राज्यले संस्थागत रुपमा सम्मान गर्न नसकेको बताउदै उनले कार्यक्रममा आधुनिक नेपालको सुरुवात वि. स. २००७ सालको जनक्रान्तिबाट प्रारम्भ भएको दावी गरे । साथै उनले नेपालको धेरै परिवर्तनमा पूर्व गोर्खाहरुको भूमिका सबै क्षेत्रमा जोडिएकाले उनीहरुको भूमिका इतिहासमा स्वर्णिम अक्षरहरुले लेखिने बताए ।
दिवसको अवसरमा २००७ सालको जनक्रान्ति र प्रजातन्त्र प्राप्तिका लागि पूर्व गोर्खा सैनिकहरुको योगदान र उनीहरुको वीरताको गाथा र चर्चाको विषयमा आयोजना गरिएको कार्यक्रममा अर्का वक्ता लेखक, साहित्यकार तथा गोर्खा अभियान्ता नरेश काङमाङ्ले २००७ सालको क्रान्ति सफल हुनुमा पूर्व गोर्खाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले आफ्नो प्रस्तुतिका क्रममा २००७ सालको प्रजातन्त्र प्राप्तिका लागि गरिएको क्रान्तिमा पूर्व गोर्खाहरुले आ–आफ्नो पल्टन घरबाटै भूमिगत संगठन निर्माण गरेको दावी गरेका थिए । साथै उनले २००७ सालअघिको भूपू गोर्खाहरुको वीरताको इतिहासको चर्चा गर्दै नेपालमा सबै भन्दा पहिले विद्यालयहरु स्थापना हुनुमा पूर्व गोर्खाहरुको बलिदान, रगत र पसिना मिसिएको बताए ।
त्यसै गरी कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा अधिकार प्राप्तिको आन्दोलनमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताए । उनले २००७ सालको राणाकालदेखि पञ्चायतसम्म नागरिकहरुले आफ्नो अधिकार पाउनको निम्ति संघर्ष गरेको बताउँदै यसमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार शिवजी श्रेष्ठले नेपालको प्रजातन्त्रको जग पूर्व गोर्खाहरु भएको बताए । श्रेष्ठले वर्तमान राजनीतिको नेतृत्वमा रहेकाहरुले त्यसको श्रेय पूर्व गोर्खाहरुलाई दिनु पर्ने बताए । उनले नेपाली जनताको लोकतन्त्रको आधारभूमि २००७ सालको क्रान्ति नै रहेको जिकिर गर्दै राज्यले पछिल्लो समय गोर्खाहरुको गौरवपूर्ण इतिहासको वेवास्ता गर्दै गएकाले क्रान्तिका नायकहरु ओझेलमा पर्दै गएको बताए।
कार्यक्रममै नेपाली जनसम्पर्क समिति बेलायतकी केद्रीय सभा सदस्य डा. सुमाया राईले पनि नेपाली प्रजातान्त्रिक इतिहासमा भूपू गोर्खाहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले नेपाली प्रजातान्त्रिक व्यवस्था प्राप्तिको श्रेय भूपू गोर्खाहरुलाई दिनु पर्नेमा जोड दिइन् । उनले पूर्व गार्खाहरुको सहादत, विरता र साहसले मात्र प्रजातान्त्रिक क्रान्ति सम्भव बताइन् ।
त्यस्तै कार्यक्रममा अर्का वक्ता गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले आगामी जुलाईभित्रमा ब्रिटिश सरकारले गोर्खाहरुसँग वार्ता गर्न नचाहे फेरि आमरण अनसन बस्ने चेतावनी दिए । उनले ब्रिटिशलाई बचाउन गार्खाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै गोर्खाहरुको माग ब्रिटिश सरकारले यथाशिघ्र सम्बोधन गर्नु पर्नेमा जोड दिए ।
नेपाली जनसम्पर्क समिति बेलायतका प्रवक्ता खुशी लिम्बुले संचालन गरेको कार्यक्रमका सहभागीहरुलाई समितिका कार्हवाहक सभापति महेश दाहालले धन्यवाद ज्ञापन गरेका थिए भने केन्ट समितिसभापति किरण राईले कार्यक्रमको समापन गरे ।
कार्यक्रममा नेपालबाट प्रतिनिधि सभा सांसद महिन्द्र कुमारी लिम्बू, क्रान्तिनायक होम बहादुर श्रेष्ठ र एल. बी. गुरुङ सहभागी रहेका थिए । त्यसै गरी नेपाल भूतपूर्व सैनिक संघ (नेसा) बरिष्ठ उपाध्यक्ष गर्जबहादुर गुरुङ, नेसा यूकेका अध्यक्ष केशबहादुर गुरुङ, नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति मकाऊका कार्यबाहक सभापति चण्डी योङ्या, प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव सुरेश गौतम, गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष प्रेम गाहा मगर, पूर्व उपाध्यक्ष हिराधन राई, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, ग्रिनिच एक्स–गोर्खा सर्भिसम्यान्स एशोसियसनका अध्यक्ष ओम गुरुङ, महासचिव हरी कुमार मल्ल, पूर्व अध्यक्ष लिला देवी गुरुङ, मेजर (रि) कृष्ण गुरुङ, सार्जण्ट (रि) रण बहादुर लिम्बू, सोलिसिटर दीपक भट्टराई लगायतको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा क्रान्ति नायक रामप्रसाद फाउण्डेसन परिवारबाट सुशीला राई, सदस्य, कान्ति नायक मुगाधन राई परिवारबाट मास्टर राष्ट्र कुमार राई, क्रान्ति नायक नारदमुनी थुलुङ परिवारबाट रोजी राई लगायत नेपाली जनसम्पर्क समिति बेलायतका सम्पूर्ण पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
https://www.facebook.com/watch/live/?v=3466871293438995&ref=watch_permalink