April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पर्यटकीय एवं जैविक महत्व बोकको क्षेत्र माइपोखरी

9.4K

इलाम: गत वर्षमा भ्रमण वर्ष–२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् । छनोटमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनको पाटो राम्ररी नै सप्रियो । अहिले पनि धेरै पर्यटक यो क्षेत्रमा पुग्छन् । गत वर्ष जिल्लाको एकमात्र पर्यटकीय क्षेत्र छनोटमा परेको थियो ।

सन्दकपुरस्थित माईपोखरी ताल छनोटमा परेकाले अहिले पनि यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । बाह्य मात्र नभई आन्तरिक पर्यटकको धेरै चाप अहिले परिरहेको छ । हुन त माईपोखरी रामसार क्षेत्रमा सूचीकृत पर्यटकीय एवं जैविक महत्व बोकको क्षेत्र हो । धार्मिक महत्वसमेत झल्कने भएकाले यहाँ धेरै पर्यटक पुग्न थालेका छन् ।

पछिल्लो समयसमेत सरकारले छनोटमा राखेपछि माईपोखरीको प्रवद्र्धन अझै बढ्ने पर्यटन व्यवसायीको बुझाइ छ । सरकारले केही दिनअघि मात्रै देशभरका २०० पर्यटकीय क्षेत्र छनोट गरिएको छ । यसमा समेत माईपोखरी परेपछि पर्यटकीय प्रवद्र्धनमा अझै राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । माईपोखरी र जोरपोखरीको विकासका लागि सरकारले रकम नै विनियोजन गरेको छ ।

Advertisement

भौतिक विकास हुन नसकेको माईपोखरीमा अबका दिनमा विकास गर्न सकिने पर्यटन व्यवसायीको देवी पौड्यालको भनाइ छ । माइपोखरी/जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा रु एक करोड ५० लाखको लागत साझेदारीमा मन्त्रालयको रु तीन करोड ५० लाख गरी रु पाँच करोडको योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सार्वजनिक गरेको छ ।