April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विराटनगर कारागारबाट छुटे ३१ कैदी

3.7K

मोरङ –  विराटनगर कारागारबाट ३१ जनाकाे कैद सजाय मिनाहा भएको छ। विराटनगर कारागारबाट ३० र बाल सुधार गृहबाट १ गरी ३१ जना कैदीको कैद सजाय मिनाहा भएको हो। 

प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको विराटनगर कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए।

विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दामा संलग्न १६ जना रहेका छन्।

Advertisement

यसैगरी, सवारी ज्यानका ६ जना, ज्यान मार्ने उद्योगका ३ जना, कुटपिट अंगभंगका २ जना, डाँका १ र चोरी मुद्दाका १ जना रहेका छन्। यसैगरी, गौबधमा एकजनाले कैद मिनाहा पाएका हुन्। बाल सुधार गृहमा लापरबाहीबाट हत्या, हातहतियार खरखजाना एकजना कैदीको कैद मिनाहा भएको लामिछानेले जानकारी दिए।

प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरिदिएकी हुन्।