April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कर र भन्सारका ५ दर्जन हाकिमको एकै पटक सरुवा

२०७७ कार्तिक २८

2.8K

काठमाडौं- अर्थ मन्त्रालयले राजस्व समूहका पाँच दर्जनभन्दा धेरै उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले विहीबार उनीहरूको सरुवा गरेको हो। 

मन्त्रालयका अनुसार उपसचिव जनकराज शर्माको सरुवा आन्तरिक राजस्व कार्यालय बागलुङमा भएको छ। बजेट तथा कार्यक्रम महाशाखामा रहेका उनलाई बागलुङ पठाइएको हो। यही महाशाखाबाट उपसचिव तीर्थराज चिलुवालको आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा सरुवा भएको छ। उपसचिव भुपालराज शाक्य मध्यमस्तरीय करदाता कार्यालय गएका छन्।

यसैगरी मन्त्रालयबाटै उपसचिव नारायण ढकाल आन्तरिक राजस्व कार्यालय दमौली गएका छन्। त्यहाँबाट सूर्य सेढाँईलाई भन्सार विभाग ल्याइएको छ। उपसचिवहरू हरिहर पौडेल र दिलिप केसीको वीरगञ्ज भन्सार कार्यालय पर्सामा सरुवा भएको छ। त्यहाँका गोलाप खत्री अर्थ मन्त्रालय आएका छन्। सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यसअघि नै उपसचिव लालबहादुर खत्रीलाई पठाइएको छ। 

Advertisement

मन्त्रालयबाट उपसचिव ध्रुव पोखरेल ठूला करदाता कार्यालय गएका छन्। मन्त्रालयबाट सुवोध खतिवडालाई आन्तरिक राजस्व कार्यालय बालाजु पठाइएको छ। बालाजुका ईन्द्र देवकोटा मनन्त्रालय फर्केका छन्। 

राजस्व अनुसन्धान विभागमा ४ वर्ष बसेका उपसचिव रामप्रसाद रेग्मी रसुवागढी भन्सारको प्रमुख भएका छन्। त्यहाँका पुण्यविक्रम खड्का भन्सार विभाग आएका छन्। रेग्मीले आफू भैरहवा जान पाउनुपर्ने माग गर्दै आएका थिए। राजस्व अनुसन्धान विभागमा यसअघि नै उपसचिव उमेश श्रेष्ठलाई पठाइएको थियो। 

आन्तरिक राजस्व कार्यालयतर्फ महत्वपूर्ण मानिने भरतपुर कार्यालयको प्रमुख घनश्याम पन्थीलाई बनाइएको छ। त्यहाँका शुभप्रसाद रिजाल आन्तरिक राजस्व विभाग आएका छन्। आन्तरिक राजस्व विभागका शालिकराम आचार्यलाई आन्तरिक राजस्व कार्यालय हेटौँडा पठाइएको छ। 

भैरहवा भन्सारको प्रमुख मणिराम पौडेल भएका छन्। आन्तरिक राजस्व कार्यालय भैरहवामा भन्सार विभागबाट मुक्तिराम आचार्यलाई पठाइएको छ। आन्तरिक राजस्व विभागबाट शरदचन्द्र पौडेल नेपालगञ्ज पुगेका छन्। विभागबाट सम्झना बराल र जगदिश बसेललाई ठूला करदाता कार्यालय पठाइएको छ। यस्तै गोपी कोइराला आन्तरिक राजस्व कार्यालय दाङ गएका छन्। 

उपसचिव राजकुमार खतिवडाको आन्तरिक राजस्व कार्यालय लहानमा सरुवा भएको छ। सुरुमा उनको भरतपुर सरुवा हुने चर्चा थियो। यस्तै नारायण भण्डारी आन्तरिक राजस्व कार्यालय सिमरा गएका छन्। उपसचिवहरू डिल्ली लेखक र विश्वबन्धु पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ।

हेमराज सुवेदी र मदन दाहालको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। कमल राजलवटको आन्तरिक राजस्व कार्यालय धुलिखेल र जय भण्डारीको नेपालगञ्ज भन्सारमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख रामप्रसाद मैनालीको सरुवा आन्तरिक राजस्व कार्यालय सुर्खेतमा भएको छ। 

आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख नरबहादुर थापाको कैलाली भन्सारमा र उपसचिव टंक लम्सालको अर्थ मन्त्रालयमा सरुवा भएको छ। कर्ण तिमिल्सिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट टंगाल पुगेका छन्।

आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा उपसचिव नरेन्द्र पाण्डे गएका छन्। त्यहाँबाट लालप्रसाद शर्मालाई आन्तरिक राजस्व विभाग ल्याइएको छ। मिमांस अधिकारीको कञ्चनपुर भन्सार कार्यालयमा सरुवा भएको छ। 

भन्सार विभागबाट राजेन्द्र चुडाललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख बनाइएको छ। त्यहाँका शरद निरौलालाई अर्थ मन्त्रालय ल्याइएको छ। लोकप्रसाद न्यौपानेको सरुवा तालिम केन्द्रमा सरुवा भएको छ। ध्रुव ज्ञवालीको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। उपसचिव प्रकाश पौडेल आन्तरिक राजस्व विभाग गएका छन्।

उपसचिवहरू शन्त ढकाल र पूर्ण न्यौपानेको सरुवा ठूला करदाता कार्यालयमा भएको छ। तुलसी चौलागाईंको अर्थ मन्त्रालयमा र खेमनारायण रेग्मीको  राजस्व परामर्श विकास समितिमा सरुवा भएको छ। 

रामप्रसाद पाठक अर्थ मन्त्रालयमा, लक्ष्मी पराजुली आन्तरिक राजस्व विभागमा,  डमरु पराजुली आन्तरिक राजस्व कार्यालय दमकमा र निरन भट्टराई ललितपुर क्षेत्र नं २ मा सरुवा भएका छन्। 

ध्रुव पाण्डेको सरुवा आन्तरिक राजस्व कार्यालय बुटवलमा भएको छ। नवराज अर्याल ठूला करदाता कार्यालय गएका छन्। अर्जुन न्यौपानेको सरुवा सुनसरी भन्सारमा भएको छ। जनार्दन पौडेल कृष्णनगर भन्सारमा सरुवा भएको छ। विष्णु पौडेल र किशोर बर्तौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गएका छन्। 

ईश्वरी अर्याल अर्थ मन्त्रालय फर्केका छन्। राजनबाबु काफ्ले भन्सार जाँचपास परीक्षण कार्यालयमा र शान्तिराम निरौला आन्तरिक राजस्व कार्यालय इटहरीमा सरुवा भएका छन्।  कमल भट्टराई भैरहवाबाट भन्सार विभाग फर्केका छन्। गोपाल खत्रीको अर्थ मन्त्रालयमा सरुवा भएको छ। मानबहादुर खत्री भन्सार विभाग आएका छन्। 

तिलक खड्का आन्तरिक राजस्व कार्यालय कोटेश्वरको कार्यालय प्रमुख भएका छन्। गजेन्द्र यादवको सरुवा आन्तरिक राजस्व कार्यालय जनकपुरमा भएको छ। सुदिश अर्यालय मध्यमस्तरीय करदाता कार्यालय गएका छन्। दिनेश पाण्डे आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा गएका छन्। 

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र अन्य निकायमा खटिएका केही उपसचिवको भने सरुवा हुन बाँकी छ। विन्देश्वरप्रसाद लेखकसहितका उपसचिवहरू अर्थ मन्त्रालय आउनेछन्। त्यसपछि मात्रै उनीहरूको सरुवा हुनेछ।

१४ भाइलाई दरबन्दीमा पठाइयो
दुई वर्षअघि प्रदेश गएका राजस्व समूहका १४ उपसचिवहरू संघमा फर्किएसँगै उनीहरूलाई विभिन्न दरबन्दीमा पठाइएको छ। प्रदेशमा काजमा गएका उनीहरूको सामान्य प्रशासन मन्त्रालयले त्यहीँ समायोजन गरिदिएको थियो। 

समायोजनविरुद्ध अदालत गएका उनीहरूको भदौमा काज फिर्ता भएको थियो। काज फिर्ता भएसँगै उनीहरूलाई अर्थले नयाँ जिम्मेवारी दिएको हो। 
राजस्व समूहका उपसचिवहरूमा किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, ध्रुवप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे प्रदेशबाट फर्किएका हुन्।