March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

कतार एक्स्पोमा भव्य रुपमा मनाइयो ‘नेपाल नेसनल डे’

शारदा भुजेल
२०८० फाल्गुन २७

3K

दोहा । कतार एक्स्पोमा नेपाल नेसनल डे भव्य रुपमा मनाईएको छ । नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कतारको सहआयोजनामा नेपाल नेसनल डे कतारमा भव्य रुपमा मनाईएको हो ।

कार्यक्रममा नेपाली राजदूत डाक्टर नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै आफ्ना महत्वपूर्ण भनाई राखेका थिए ।

एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरेका थिए ।

Advertisement

एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत,एक्स्पोमा पेभिलियन संचालन गर्ने विभिन्न मुलुकका कमिस्नर जनरलहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा, नेपालीहरुले दौरा सुरुवाल तथा राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए भने विभिन्न जातजातिका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

हरियो मरुभूमि राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अपिÞm्रकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो ।

एक्स्पो मार्च २८ सम्म चल्नेछ ।