काठमाडौं । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो ।
अल नसरको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे ।
खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।
त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा नसरले ३-० को जित निकाल्यो । नसरका लागि रोनाल्डोको यो दोस्रो ह्याट्रिक हो ।
जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।
नसरले १८ खेलमा ४३ अंक जोडेको छ । डामाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।