April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्य निर्वाचित

1.2K

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्य निर्वाचित भएका छन्। नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्।

साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालीलसमेत कार्यसमितिमा निर्वाचित भएका हुन्। बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट एएफसीको अध्यक्षमा तेश्रो कार्यकालको लागि शेख सलमान बिन अब्राहिम अल-खलिफा निर्वाचित भएका छन्। शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन्।

Advertisement