June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

प्याब्सन बराहक्षेत्रको हिज्जे प्रतियोगिता सम्पन्न

प्रकाश दिप्साली राई
२०७९ फाल्गुन ६

1.9K

नडाहा । बराहक्षेत्र प्याब्सनले नियमित रुपमा आयोजना गर्ने प्राथमिक तह स्तरीय हिज्जे लेखन प्रतियोगिता स्काई र सिद्धार्थलाई छनोट गर्दै शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा स्काई इङ्लिस स्कुल, बराहक्षेत्र –३ नडाहा (४५) र सिद्धार्थ मेमोरियल इ. स्कुल, बराहक्षेत्र –५ (३६ अङ्क) क्रमशः पहिलो र दोस्रो बन्दै जिल्ला स्तरको प्रतिस्पर्धाको निम्ति टिकट काटेको छ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको जय सप्तकोसी इङलिस स्कुलमा भएको प्रतियोगिता बराहक्षेत्रभरी रहेको निजि विद्यालयहरुबाट १० वटा विद्यालयहरुले सहभागी जनाएको सो प्रयोगितामा तेस्रो भने बराह राईजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र २ चतरा(२५ अङ्क ) बन्न सफल भयो ।

अब सुनसरी जिल्ला स्तरीय हिज्जे लेखन प्रतियोगिता आगामी १२ गते हुनेछ । सो प्रतियोगिता सुनसरी जिल्लारी रहेका प्रत्येक पालिकाबाट छ्नोट भएका विद्यालयहरुसँग स्काइ र सिद्धार्थले प्रतिस्पर्धा गर्नेछ ।

Advertisement