April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

संखुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित

2K

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले १० परिवार विस्थापित भएका छन् ।

१ नं वडामा ६ घर र ३ नं वडामा ४ परिवार विस्थापित भएका हुन् । १ नंकाे सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् ।

चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए ।

Advertisement

उनका अनुसार मुग्लिगाउँमा बलबहादुर राई, सन्दीप राई, रुद्रबहादुर राई र अरुण राइको घर पहिरोको जोखिममा परेको हो ।
विस्थापितलाई आफन्तको घर र सामुदायिक भवनमा राखिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

पालिकाका अन्य ठाउँमासमेत पहिरोको जोखिम रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।