बुटवल- लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भन्दै नेकपा एमालेले नवलपरासीका सांसद अजय शाहीलाई स्पष्टीकरण मागेको छ ।
लुम्बिनी प्रदेश सभामा एमाले सचेतक भूमिश्वर ढकालले पत्र लेखेर सांसद शाहीलाई ३ दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेका हुन् । अन्यथा कारबाही गर्ने चेतावनी दिइएको छ ।
शाहीलाई गठबन्धनको प्रदेश सरकारले बिना विभागीय मन्त्री बनाएको छ । शाहीले नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिह्न लिएर चुनाव जितेका हुन् ।
हेर्नुहोस् पत्र