May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए कुवेतको अध्यक्षमा लामाको उम्मेदवारी

आकाश शेर्पा
२०८० असार २८

1.6K

आईसीसी सदस्यमा लावती सहित विभिन्न पदमा ३२ जना उम्मेदवार

कुवेत । गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्षमा रणध्वज लामाले उम्मेदवारी दिएका छन् । लामाले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका हुन् ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठौं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षमा लामासहित आईसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरीले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा रमिता योञ्जन र उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, बिकास बहादुर सिंह, निरन्जन सिंह ठकुरीले उम्मेदवारी दिएका छन् ।

Advertisement

लावती दोस्रो कार्यकालको लागि आइसिसी सदस्यको लागि उम्मेदवारी दिएका हुन् भने वरिष्ठ उपाध्यक्षको लागि तामाङ वर्तमान महासचिव र गिरि उपाध्यक्ष हुन्।

महासचिवको उम्मेदवार मनिश केसी र सचिव विजय धामी र मनकुमार राई, कोषाध्यक्ष सोनाम लामा सहकोषाध्यक्ष जीवन निरौला रहेका छन् ।

आङ नोर्बु शेर्पा युवा संयोजक, महिला संयोजक सजिना गुरुङको उम्मेदवारी हुँदा सहसंयोजकमा क्रमशः छेनाम तामाङ र मायादेवी राई पाण्डे रहेको छन् ।

सदस्यहरुमा सुर्यकुमार लामा, दुर्गाकुमारी ओली, रुपक थापा, मोहम्म आलिम्पर अन्सारी, राजु पुन मगर, राजु धिमाल, प्रकाश धिमाल, प्रकाश राई, उमेश राई, सुब्बा फ्युवा तामाङ, सुरज राई, पेमा दोर्जे लामा, अशोक साह सोनार, चित्रबहादुर थापा र लालबहादुर सुनुवार उम्मेद्वार रहेको प्रमुख निर्वाचन आयुक्त सुजन केसीले जानकारी गराएका छन् ।