April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको महत्वपूर्ण निर्णय गर्दै दोश्रो पूर्ण बैठक सम्पन्न

1.4K

काठमाडाैं । अमेरिकामा क्रियाशील अग्रणी सामाजिक संस्था प्रवासी नेपाली एकता मञ्च अमेरिकाको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले संस्थाको वार्षिक कार्ययोजना निर्माण गर्नुको साथै संस्थालाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना पनि निर्माण गरेको छ । बैठकले संस्थाका पदाधिकारीहरू देखि सदस्यहरूको कार्यविभाजन गर्नुको साथै केही महत्वपूर्ण व्यक्तित्वहरूलाई महत्वपूर्ण जिम्मेवारी पनि सुम्पिएको छ। त्यस क्रममा क्षेत्रिय इन्चार्जमा उपाध्यक्षहरुलाइ जिम्मा दिइएको छ जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल , मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टक कुँवरले जिम्मा पाउनु भएको छ ।

त्यसै गरेर सल्लाहकार परिषद, अध्यक्षमा डा. भरत रावल बुद्धिजीवी परिषद, अध्यक्षमा डा. राम चन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले संस्थाका पदाधिकारीहरूलाई पनि विभिन्न जिम्मेवारीहरू प्रदान गरेको छ । संस्थाको स्थापनाकाल देखि हालसम्म वहाँले खेल्नु भएको भूमिकाको सम्मान गर्दै र वहाँको महत्वलाई मनन गर्दै टेक्सास निवासी चन्द्र पाण्डेलाई संस्थाको केन्द्रिय कमिटीमा मनोनित पनि गरिएको महासचिव युवराज खनालले बताउनु भयो ।

Advertisement