April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रेम निङ्लेखुको अध्यक्षतामा किरात याक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलको पाँचौ कार्य समिति चयन

5.6K

पोर्तुगल । प्रेम निङ्लेखुको अध्यक्षतामा पोर्तुगल किरात याक्थुङ चुम्लुङको शाखाको नयाँ कार्य समिति चयन भएको छ । जुम मार्फत आयोजना गरिएको अधिवेशनबाट निङ्लेखुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

१७ सदस्सीय कार्य समितिको उपाध्यक्षमा खगेन्द्र लिम्बू, महासचिवमा राजकुमार लिम्बू, सचिवमा वियोग लिम्बू, कोषाध्यक्षमा बाबुराम तुम्बापो चयन हुनुभएको छ । महिला उपाध्यक्ष भने कार्यसमितिको बैठकले मनोनित गर्नेछ । त्यसै गरि सदस्यहरुमा सरण लिम्बू, बिकाश लिम्बू, अमर लिम्बू, माया लिम्बू, राज लिम्बू, सगर लिम्बू चयन भएका छन् । वाँकी रहेको छ जना सदस्य भने समितिको बैठकले लैंगिक समावेशिता, भौगोलिक समवेशिता, र समुदायमा पु¥याएको योगदानको अधारमा चयन गर्ने जनाईएको छ ।

निवर्तिमान महासचिब रुकमान केरुङ्गले संचालन गरेको कार्यक्रममा पोर्तुगलमा परिचित सामाजिक अभियान्ता तथा सफल व्याबसायी रोबोट लिम्बू, मदन लिम्बू, किश्वोर लिम्बू ,र रिपु जंग लिम्बूको समेत सहभागिता रहेको थियो ।

Advertisement

पोर्तुगलमा लिम्बू समुदायको पहिचानसँगै सामाजिक संस्थाको आवश्यकता महशुस गरि सन् २०१४ मा बिक्रम लिम्बुको अध्यक्षतामा पहिलो पटक समिति गठन गरिएको थियो । चुम्लुङमको हाल सम्म लिम्बूसँगै रिपु जंग निङ्लेखु, दिपा लिम्बू लगायतको नेतृत्व गरिसक्नु भएको छ ।

सन् २०१७ को तथ्याङक अनुसार पोर्तुगलमा लिम्बू जातिहरुको जम्मा जनसंख्या लगभग ३ सय ४५ जना रहेको छ ।।