काठमाडौं–भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो।
यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।