January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

अमेरिकामा रहेका ताप्लेजुङवासीद्धारा दोभानका आगलागीपीडितलाई सहयोग

4.5K

ताप्लेजुङ- ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन जना समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागीपीडितलाई सात लाख रुपैयाँभन्दा बढी राहत रकम संकलन गरी प्रदान गरेका छन्।

समाजसेवी तथा रेस्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा संकलित सात लाख ४३ हजार ८८५ रुपैयाँ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ।

mostbet

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट संकलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो। गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गरेका थिए।

Advertisement

आगलागीपीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्‍ने उद्देश्यले राहत संकलन गरी पठाइएको अमेरिकामा रहेका पत्रकार दाहालले जानकारी दिए। गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए।