काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । दुईबीच सोमबार परराष्ट्र मन्त्रालयमा भट भएको हो ।
भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस जयशंकरको तर्फबाट मन्त्री खानाललाई पदभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।