काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्व उभिएकालाई देश विरोधी भनेको प्रति कांग्रेसले आपत्ती जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ओलीको भनाई अलोकतान्त्रिक र अधिनायकवादी भएको बताए ।
उनले ओलीका पछिल्ला अभिव्यक्ति एक पछि अर्को आपत्तिजनक भएको पनि बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनबारे भईरहेको बहसलाई ‘तमासा’ भनेको र अधिवक्तालाई अपमानजनक रुपमा टिप्पणी गरेको भन्दै शर्माले ओलीको अभिव्यक्ति स्वतन्त्रताविरुद्वको बर्बराहट भएको बताए ।
शर्माले विज्ञप्तीमार्फत आफ्ना कदम विरुद्व उठेका स्वर र समुदायलाई होच्याउने र अपमान गर्ने काम नगर्न पनि ओलीलाई चेतावनी दिएका छन् ।
यस्तो छ सार्वजनिक विज्ञप्ती