January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

कांग्रेसका नेता होमनाथ दाहालको निधन

435

काठमाडौं । पूर्वमन्त्री, तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहालको निधन भएको छ । दाहालको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो । 


परिवार स्रोतकाअनुसार शुक्रबार साँझ मैतीदेवीस्थित निवासबाट उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो ।

mostbet

दाहाल लामो समयदेखि दम लगायतका रोगबाट पीडित थिए । उनकी धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।

Advertisement

दाहाल पत्रकार महासंघका पूर्व सभापतिसमेत हुन् । लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लडेका दाहाल ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए ।

वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए ।