April 30, 2024, Tuesday
२०८१ बैशाख १९
1:37:26 pm

धानमन्त्रीले नेपाल–भारतबीच भएका सम्झौताबारे संसदीय समितिलाई जानकारी गराउने

825

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच हालै भएका ४ वटा सम्झौताबारे संसदीय समितिलाई जानकारी गराउने भएका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बुधवार बस्ने बैठकमा सम्झौताबारे जानकारी गराउने भएका हुन् ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हालै गरेको नेपाल भ्रमणको क्रममा पुस १९ गते विद्युत व्यापार लगायत ४ वटा सम्झौता भएका थिए । भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पु¥याउने सम्झौतामा गत बिहीवार हस्ताक्षर भएको थियो ।

नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने अर्को सम्झौता भएको छ । यस्तै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी ९नाष्ट० र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको थियो ।

Advertisement

भारतीय दूतावासले सहयोग गर्ने रकम २० करोड र्पुयाइएको सम्झौताबारे सांसदहरूले चासो राखेका छन् ।