May 1, 2024, Wednesday
२०८१ बैशाख १९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

715

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेट भएको हो ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई पक्षीय हितका बारेमा पनि छलफल भएको बताइएको छ । यसैगरि प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल मारियो डायज क्यानेली बीच पनि भेटवार्ता भएको छ ।

Advertisement

भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।