काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको सिंगो अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताएका छन् ।
शुक्रबार चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित जुगल गाउँपालिका ५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालय भवन उद्घाट्नको क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको छ, तपाइँहरूले केही कुरा सुन्नु भएकै होला, मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु, केही सकरात्मक संकेत पनि देखिएको पनि छ ।
आफूले तेश्रोपटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।