March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

समानुपातिकतर्फ कांग्रेस र एमालेले दुई लाख मत कटाए, स्वतन्त्र पार्टी तेस्रो स्थानमा

1.3K

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ ।

एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख १९ हजार ९०५ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख १२ हजार २९४ मतसहित तेस्रो स्थानमा छ । माओवादी केन्द्र १ लाख ७०८ मतसहित चौथो स्थानमा रहेको छ ।

Advertisement

राप्रपा ५७ हजार ८८९ मतसहित पाँचौं, जसपा १८ हजार ७६० मतसहित छैटौं तथा जनमत पार्टी १७ हजार ५७८ मतसहित सातौं स्थानमा छ ।

नेमकिपा १६ हजार ५१० मतसहित आठौं, नेकपा एस १३ हजार ३२६ मतसहित नवौं तथा नागरिक उन्मुक्ति पार्टी ११ हजार ७३८ मतसहित दशौं स्थानमा छ ।

अन्य दलहरुले जम्मा ५० हजार ३४१ मत पाएका छन् । प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा नेमकिपा, गण्डकीमा एमाले, लुम्बिनीमा कांग्रेस अगाडि छ । कर्णालीमा माओवादी अगाडि छ । सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन ।