February 15, 2026, Sunday
२०८२ फाल्गुन ३
1:37:26 pm

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका देवेन्द्र लावती विजयी

2.4K

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका छन् । जनता समाजवादी पार्टी जसपाका लावती पुनः निर्वाचित भएका हुन् ।

हालसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार लावती २३९ मतको मतान्तरका साथ विजयी बनेका हुन् । उनी गत ७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको कुशल नेतृत्व र पारदर्शिता सुशासनका कारण पुनः निर्वाचित भएको स्थानीयको भनाइ छ ।

Advertisement