April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रथम पाँचथर रङ्गशाला गोल्डकप फागुन १६ देखि

२०७९ फाल्गुन १७

2.3K

पाँचथर । फिदिम ५ सरसिउलामा निर्माणधिन अवस्थामा रहेको फिदिम रङ्गशालामा प्रथम पाँचथर रङ्गशाला गोल्डकप हुने भएको छ । तुम्याहाङ क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा पाँचथर युनाइटेड, चोकमागु युथ क्लब, स्वतन्त्र क्लब रानिटार, साभ्राङ युवा क्लब, कुम्मायक गाउँपालिका, मानेडाँडा फुटबल क्लब, तुम्याहाङ क्लब, नेपाल प्रहरी पाँचथर,योङव्वाइज फुटबल क्लब हिलिहाङ र फाल्गुनन्द गाउँपालिकाको सहभागीता रहने आयोजकल जनाएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् ।

Advertisement