April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

6.7K

काठमाडौं: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताउनुभयो ।

ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिनुभयो ।

Advertisement