January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

पूर्वगृहमन्त्री लेखकलाई लगाइएको स्थान हद फुकुवा

575

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई लगाइएको स्थान हद फुकुवा गरेको छ ।

पूर्वगृहमन्त्री लेखकमाथि लगाएको स्थान हद आयोगले बिहीबार फुकुवा गरेको हो ।

mostbet

आयोगले गत असोज १२ गते विदेश भ्रमणमा रोक लगाउनुको साथै स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको थियो ।

Advertisement

पूर्वगृहमन्त्री लेखकले सोमबार आयोगमा उपस्थित भई लिखित बयान पेस गरेका थिए । सोही बयानपछि आयोगले उनको स्थान हद फुकुवा गरेको हो ।