December 26, 2025, Friday
२०८२ पुष ११
1:37:26 pm

जरिवाना नबुझाउने ६ वटा राजनीतिक दलको दर्ता खारेज

530

काठमाडौं । निर्वाचन आयोगले जरिवाना नबुझाउने ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको हो ।

जसअन्तर्गत आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपालको दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाएपछि आयोगले जरिवाना तोकेता पनि उक्त जरिवाना पनि नबुझाएपछि पार्टी खारेज गर्ने निर्णय भएको हो ।

Advertisement

६ वटा दलको दर्ता खारेजपछि आयोगमा दल दर्ता संख्या १ सय ३७ मा झरेको छ । यसअघि आयोगमा १ सय ४३ दल दर्ता थिए ।