April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन

२०८१ फाल्गुन १५

700

भक्तपुर । इलाका प्रहरी कार्यालय मङ्गलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा उक्त पुस्तकालय स्थापना भएको हो ।

नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयमा स्थापित उक्त पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारीसम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ ।

Advertisement

विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिलाई पुस्तकालयमा राखी सम्बन्धित कसुरलगायतका बारे ज्ञान दिलाइ अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउन समेत पुस्तकालय महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

काभ्रेपलाञ्चोकको ४२ प्रहरीचौकीमा पाँच सय ८० प्रहरी कर्मचारी कार्यरत छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्ने गरी सङ्कलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिनेसमेत व्यवस्था मिलाइएको कार्यालयले जनायो ।