April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

श्रम बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको लक्ष हो- कार्यकारी निर्देशक बखती  

लेखनाथ सिकारु
२०८१ भाद्र २४

700

काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रमेश कुमार बखतीले श्रम बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने लक्ष रहेको बताएका छन् ।

उनले प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशील मानव संसाधनको विकास गर्ने लक्ष राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको रहेको बताएका हुन् ।

संचारकर्मीहरुसँगको भेटमा नवनियुक्त कार्यकारी निर्देशक बखतीले श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशील मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्रमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक विकासमा सघाउ पुर्याउने उद्देश्यले सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको अवधारणा अघि सारेको बताए ।

Advertisement

हातमा सीप लिएर श्रम बजारमा गएमा  आयस्रोत बढ्ने मात्र होइन इज्जत प्रतिष्ठा पनि बढ्ने आर्थिक र सामाजिक उन्नति पनि हुने उनको तर्क छ ।  “राज्यले अघि सारेको सोचलाई सहयोग पुर्‍याउन प्रतिष्ठानले रोजगार तथा स्वरोजगारमुलक सीप विकास तालिम सञ्चालन गर्ने र त्यस्ता कार्यक्रममा गरिबहरूको पहुँच सुनिश्चित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने अर्धदक्ष जनशक्ति उत्पादनको लागि व्यावसायिक क्षेत्रमा तालिम दिने साथै श्रमशक्ति, सहभागिता, श्रम उत्पादकत्व वृध्दि गर्ने जस्ता लक्ष प्रतिष्ठानले राखेको छ”, उनले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक समेत रहेका बखतीलाई खुल्ला प्रतिस्पर्धाबाट ४ वर्षे कार्यकालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै नियुक्त गरेसँगै नयाँ कार्ययोजनाका साथ अघि बढेको बताउँछन् ।  देशमा श्रमयोग्य जनशक्तिको लागि व्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने प्रतिष्ठानको लक्ष र उद्देश्यलाई पुरा गर्न आफू र आफ्नो टिमले हमेसा प्रयत्न गर्ने, सरोकारवाला पक्षसँग समन्वय सहकार्यलाई अघि बढाएर जाने लक्ष बापतीको छ ।

प्रतिष्ठानले सञ्चालन गर्ने सीप विकास तालिमहरूमा आधारभूत सीपमूलक तालिम ,सीप अभिवृद्धि तालिम, उद्यमशीलता विकास तालिम, प्रशिक्षक प्रशिक्षण, पूर्व प्रस्थान अभिभुखिकरण, कार्यस्थलमा आधारित तालिम लगायत हुने गरेको र प्रतिष्ठानको प्रयोगशालामा केश शृङ्गार, सिलाई कटाई, विद्युत जडान, अटोमोवाइल मर्मत, मोटरसाइकल मर्मत जस्ता सीपमूलक तालिमहरू संचालन हुने गरेको उनले बताए । 

प्रतिष्ठानको स्थापना पश्चात सरकारी निकायबाट संस्थागतरूपमा व्यावसायिक तथा सीप विकास तालिमहरू क्रमश नियमितरूपमा सञ्चालन हुँदै आएको छ ।

श्रम बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न, उद्यमशीलता विकास मार्फत उत्पादन र उत्पादकत्वमा अभिबृद्दि गर्न तत्कालमा विभिन्न नाममा सञ्चालित तालिम कार्यक्रम तथा निकायलाई एकीकृत गरी केन्द्रीय तालिम प्रदायक निकायको रुपमा विकास गर्ने उद्देश्यले सरकारले ललितपुरको भैसेपाटीमा व्यवसायिक तथा सीपविकास तालिम प्रतिष्ठानको नाममा एकीकृत सिप विकास प्रनिष्ठानलाई अगाडी बढाएको हो ।

प्रतिष्ठानले त्यस्ता कार्यक्रममा गरिबहरुको पहुँच सुनिश्चित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्ने गरी व्यावसायिक क्षेत्रमा तालिम दिने साथै श्रमशक्ति सहभागिता अभिवृध्दि गर्ने,श्रमयोग्य जनशक्तिको लागि व्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने काममा लागि परेको निर्देशक बखतीले बताए ।

प्रतिष्ठान र यससँग जोडिएका अन्य निकायहरुसँग सीप तथा व्यावसायिक तालिमका अवसरहरुको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने श्रम शक्तिको उत्पादन गर्ने, अभिमुखिकरण तालिम मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउन तथा उनीहरुले पठाउने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने यसको उदेश्य भएको उनले बताए ।  

स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनागरी बेरोजगारी न्यूनिकरण गर्न व्यावसायिक तथा सीपयुक्त एवं उद्यमशीलता विकास तालिमहरू सञ्चालन गर्ने कुरा पहिलो प्राथमिकतामा भएपनि विश्ब श्रम बजारलाई समेत लक्षित गर्नु आजको आवश्यकता भएको उनको तर्क छ ।

नेपाल सरकारले विभिन्न देशका सरकारसँग गरेको श्रम सम्झौता बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अभिमुखिकरण तालिम सञ्चालन गर्ने कार्यक्रम समेत यसमा जोडिएको उनको भनाई छ । स्थानीय माग आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको संभावनालाई ध्यानमा राखी आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि, उद्यमशिलता विकास,प्रशिक्षक प्रशिक्षण तथा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

सम्भाव्य विषयको पहिचान र छनौट गरी तालिमको पाठ्यक्रमको निर्माण,मौजुदा पाठ्यक्रमको सामयिक संसोधन गर्ने, सिपबिकास तथा उद्यमशिलता विकास तालिम पाठ्यक्रम स्वीकृत गर्ने, श्रम बजारमा दक्ष प्रशिक्षकको सहज आपुर्तिका लागि विभिन्न अवधिका प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ,वैदेशिकरोजगारीका लागि  नेपाल सरकारले अन्य मुलुकसँग गरेको श्रम सम्झौताको आधार र वैदेशिक रोजगार विभागको अनुरोध बमोजिम स्वीकृत भएको पाठ्यक्रम र मापदण्डमा आधारित भई विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको लागि पूर्व  प्रस्थान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ । प्रतिष्ठानले हाल दक्षिण कोरिया जाने श्रमिकहरूको लागि ६ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । दक्षिण कोरीया नेपालको लागि सबैभन्दा ठूलो श्रम गन्तव्य मुलुक वनेको अवस्था छ ।

व्यावसायिक तथा सिपविकास तालिमको उद्देश्य तालिम पश्चात प्रशिक्षार्थीलाई रोजगारी सिर्जना गर्नु हो । श्रम बजारको माग अनुरूप तालिम दिइदैं आएता पनि तालिम पश्चात सबै प्रशिक्षार्थीहरू सिप अनुरूपको रोजगारीमा संलग्न भएको पाइदैन । त्यसैले तालिम पश्चात रोजगारीको सुनिश्चतता गर्न तथा रोजगारदाताको माग र आवश्यकता अनुरूप दक्ष कामदार स्वदेशमै सहजरूपमा प्राप्त गर्न यस प्रतिष्ठान र सम्बन्धित उद्योग प्रतिष्ठानको लागत साझेदारीमा उद्योग प्रतिष्ठानमै सञ्चालन गरिने तालिमलाई कार्यस्थलमा आधारित तालिम भनिन्छ । नेपाल सरकारबाट स्वीकृत भई आएमा प्रतिष्ठानले यस प्रकारको तालिम समेत सञ्चालन गर्ने गर्दछ ।

प्रतिष्ठानले  ७ सय ३० कार्य घण्टा अर्थात वढीमा ६ महिनाको आधारभुत तहको तालिम दिएर उत्पादन गरेको अर्धदक्ष जनशक्तिलाई राज्यका अन्य निकायहरुसँग पनि सम्वन्वय गरी ७ बटै प्रदेशमा जाने प्रयास गरेको उनले सुनाए ।  साउदी अरेविया सरकारले मधेशमा तालिम केन्द्रै स्थापना गर्ने कोइका संग गण्डकी कर्णाली र सुदुरपश्चिम प्रदेशमा तालिम केन्द्रको स्थापनाको  तयारी गरको उनले बताए । रोजगारदाताको मागमा आधारीत भएर आवश्यकता पहिचान पछि ५६ प्रकारका पाठ्यक्रम व्यवस्थित गर्ने  २० वटा पाठ्यक्रम आवश्यकता अनुसार परिमार्जन गरेर लैजाने गरी यस बर्षको कार्ययोजना तयारी गरेको उनले बताए  ।

प्रतिष्ठान सहित अन्य कुनै पनि निकायसँग यस प्रकारका जनशक्तिको कुनै पनि सुचना प्रणाली छैन त्यसलाई व्यवस्थित गर्ने लक्ष पनि आफूले कार्ययोजनामा राखेको बापतीको छ ।  रोजगार दाता र व्यक्तिले जानकारी दिने लिने सुचना प्रणालीको विकास गर्ने स्विस सरकारले सहयोग गर्ने गरी कार्यक्रमको तयारी भएको भन्दै यस बर्षबाट सूचना प्रणाली थप व्यस्थित गर्ने गरी स्विस सरकारको सुरक्षित आप्रवासन कार्यक्रम (सामे)  अन्तर्गतको ७ सय ५३ बटै स्थानीय तहमा पहुँच अभिवृध्दि गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।  जस अन्तर्गत पासपोर्ट बनाउने बेलामै काउन्सिलिङ गर्ने देखि  रोजगार सेवा केन्द्रलाई व्यवस्थित गर्ने र उनीहरुको क्षमता विकास गर्ने  के कस्तो लालिम आवश्यक छ त्यसको पहिचान गर्ने जस्ता कार्यक्रम सामे र श्रम मन्त्रालयको सम्वन्वयमा हुने उनले बताए ।

प्रत्येक पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरी आवश्यकता पहिचान गर्ने, पहिला बैदेशिक रोजगारीमा गएर आएकाहरुलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धि गर्ने उनको भनाई छ । यस वर्ष मात्र १० हजार युवा युवतिलाई लक्षित गरी तालिम आयोजना गर्न लागिएको उनले बताए ।  श्रम मन्त्रालयले आन्तरीक रोजगारी दशकको कार्यक्रम ल्याउने तयारी रहेको भन्दै निर्देक वापतीले उक्त कार्यक्रममा आफ्नो कार्ययोजना अनुरुप अघि बढ्ने बताए ।

“सरकारका १२ वटा मन्त्रालयमा यस्ता प्रकारका लालिम चल्छन् तिनलाई एकीकृत गर्नुपर्ने आवश्यकता औल्याउँदै एकदर निति र प्रणालीमा कार्यक्रम गरीएको खण्डमा दोहोरोपन र खर्च कटौतिमा समेत सहयोग हुने उनको बुझाई छ ।  जसको लागि राष्टिय दक्षता मापदण्ड वनाएर तालिम र कार्यक्रमलाई एकद्वार प्रणालीमा लैजानुपर्नेमा उनको भनाई छ ।  ३ वटै सरकारको समन्वय सरकारी र गैर सरकारी सँघ संस्थाविच सहकार्य गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्नु अहिलेको आवश्यकता हो”, उनले भने ।