April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतद्वारा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान

20K

काठमाडौं। भारतले नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ । आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा भारतले बस प्रदान गरेको हो ।

भारतीय दूतावासले विहीबार एक विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको हो।

स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरिसकेको छ ।

Advertisement

दूतावासका अनुसार पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको छ।