काठमाडौं । हुम्लामा खोलाले बगाएको एक पुरुषलाई प्रहरीले उद्धार गरेको छ । हुम्ला चंखेली गा.पा. ४ लोति खोलाले बगाएको पुरुषलाई प्रहरीले उद्धार गरेको हो ।
प्रहरीका अनुसार सोही गाउँपालिका २ दार्मा बस्ने बर्ष ६६ को धर्म बहादुर शाही मुख धुने क्रममा खोलाले बगाई अन्दाजी १० मिटर तल पुग्दा प्रहरीले देखि तत्काल उद्दार गरेको हो ।
उनलाई सामान्य उपचार पश्चात परिवारको जिम्मा लगाइएको र हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ ।