April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल एयरलाइन्सले सिड्नी-काठमाडौं उडान गर्ने

810

काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने भएको छ । यस बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको जनाइएको छ ।

अस्ट्रेलिया–नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट उडान भर्ने सम्भावना बढेको हो ।

यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी गएर संवाद गरेका छन् ।

Advertisement

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया पुगेका छन् ।