काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी वोल्फबीच भेटवार्ता भएको छ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष नेपाल र राजदुत वोल्फबीच भेटवार्ता भएको हो।
उक्त भेटमा दुई देशबीचको सम्बन्ध, आयाम, साझेदारी, सहयोग, मित्रता र समसामयिक विषयमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।
राजदुत वोल्फ केही समयपछि आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुँदैछन् । भेटका अवसरमा अध्यक्ष नेपालले वोल्फलाई आफ्ना विभिन्न पुस्तकहरू उपहार प्रदान गरेको सचिवालयले जनाएको छ।