July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषायक सेमिनार हुँदै

2.5K

काठमाडौं । राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रित तीन दिवसीय सेमिनार आयोजना हुने भएको छ । बिश्व शान्ति तथा एकीकृत परिवार संघको आयोजनामा असार २७ गतेदेखि २९ गतेसम्म सेमिनारको आयोजना हुन लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्र्दभमा हुन लागेको समिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यक्तित्व विकास, स्थायी शान्तिको लागि पहलकदमी, द्धन्द्ध व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुने जनाइएको छ ।

काठमाडांै महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।

Advertisement

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक, काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघीय सांसद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।