April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

स्काउटका प्रशिक्षकहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण

895

विराटनगर । मोरङ, झापा र सुनसरीका नेपाल स्काउटका प्रशिक्षकहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धि प्रशिक्षण दिईएको छ ।

नेपाल स्काउट विराटनगर ओपन स्काउट क्रृयुले आयोजना गरेको लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा मोरङ, झापा र सुनसरीका ५५ जना स्काउट प्रशिक्षकहरु सहभागी भएका थिए ।

उक्त प्रशिक्षणमा कोशी प्रदेश प्रहरी विराटनगरका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रमुख प्रशिक्षकको रुपमा सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए।

Advertisement

लागुऔषध दुर्व्यसनबाट व्यक्ति तथा समुदाय नै प्रभावित हुदैँ गईरहेको परिप्रेक्ष्यमा स्काउट प्रशिक्षकहरुले प्रशिक्षण लिई स्थानीय विद्यालयमा गई लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कक्षा सञ्चालन गरिने स्काउट आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दिरा निराला कार्कीज्यूको प्रमुख आतिथ्यता र स्काउटका प्रतिनिधिहरुको उपस्थित रहेको थियो