काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् ।
प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भेषबहादुर विक, बुहारी सीता विक, नातिनी सपना विक र बिना विक रहेका छन् । पहिरोमा बेपत्ता भेषबहादुरकी श्रीमतीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्ननै, शुक्रबार राति साढे ११ बजे स्याङ्जाको फेदिखोला–५ मा पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो ।
ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मरेको प्रहरीले जनाएको छ ।