April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

औषधि सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु

1.1K

काठमाडौं । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको भएको छ । प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको औषधिको सेवनले मृत्यु भएको आशंका गरिएको हो ।

प्रहरीका अनुसार मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर फर्केका थिए । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन उनी प्रेमिकासँग यौन सम्बन्ध राख्न धनगढीमाइ होटेल एण्ड लजमा पुगेका थिए ।

मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

Advertisement

नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केका उनी सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा जाँदा कामत मृतक अवस्थामा भेटिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद भएको र ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।