April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नेपालका अर्जुनबहादुर थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनको प्रतिस्पर्धामा

2.5K

काठमाडौं । नेपालका अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँचमा परेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ निवासी थापा उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् ।

शुक्रवार छनोट भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा छन् ।

यस प्रतियोगिताका विजेता २५ हजार डलर नेपाली करिब २७ लाख नेपाली रुपियाँका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छन् । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर पाउने छन् ।

Advertisement

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटेलमा काम गर्दै आएका नेपाली सेफ थापा हाल बेलायतमा बस्दै आएका छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताउनु भएका सेफहरूबिच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

झन्डै ८९ जनामध्येबाट पाँचमा उत्कृष्टमा छनोट भएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउँछन् ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड जितेका थिए । चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान दिएका छन् ।

नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत छन् ।