विराटनगर । कोशी नदीमा दाउरा निकाल्ने क्रममा फसेका एक युवकलाई प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोमबार राती सुनसरीस्थित बराहक्षेत्र नगरपालिका– २ मा रहेको १३ आरडीबाट बराहक्षेत्र नगरपालिका– ६ का २१ वर्षीय हरी बहादुर श्रेष्ठलाई सकुशल उद्वार गरिएको हो ।
कोशीमा बगेको दाउरा निकाल्ने क्रममा सानो टापुमा अड्केर रहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक .विकास राई, नगरप्रमुख रमेश कार्की स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको समन्वयमा श्रेष्ठको सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ ।