March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

मञ्चनको तयारीमा नाटक ‘झोडा’

एलिसा लिङ्देन
२०८० आश्विन २०

3.7K

इलाम । इलामको चुलाचुलीमा रहेको ’चुलाचुली ‘रंगमञ्च’ले नाटक ‘झोडा’ मञ्चनको तयारी गरिरहेको छ । कलामा साँस्कृतिक चेत तथा रैथाने मौलिक पक्षहरुमा काम गर्दै आईरहेको चुलाचुली रंगमञ्चले यसपटक भूमि र त्यसको सामीत्वको ईतिकथा, त्यसमाथिको राजनैतिक दाउपेजलाई नाटकमार्फत प्रश्तुत गर्ने भएको हो ।

‘भन्नुपर्छ भन्ने लागेरै हामीले भूमिको यस विषयलाई टिपेका हौँ । नाटकको अनेक भाषामध्ये सामाजिक साँस्कृतिक रुपान्तरण पनि एक होला ! यो नाटकको प्रखरता त्यसउपर रहने छ’, नाटकका निर्देशक चेतन आङ्थुक्पोले बताए ।

pinup pin up pin up pinup

भौगोलिक अवस्थितिमा चुलाचुली रंगमञ्च इलाममा भएपनि उक्त नाटक ‘झोडा’ दमकस्थित रेडक्रस भवन नजिकै रहेको किराँत भवनमा मञ्चन हुने उक्त नाटकका व्यवस्थापक सुर्य लिम्बुले जानकारी दिए ।

Advertisement

नाटकका निर्माता कलाप्रेमी तथा व्यावसायी सुरेश साम्पाङले सर्जक गणेश रसिकको अथक योगदानको कदर तथा सम्मानार्थ स्वरुप यस नाटक तयार पारिएको बताए । उनले भने, ‘युवाहरुमा इतिहासप्रतिको चेत र दरिलो साहस भएकै कारण मैले उनीहरुको साहसमा हात जोडेको हुँ । सर्जक गणेश रसिकको अथक योगदानको कदर तथा सम्मानार्थको कार्य पनि हो । त्यसमाथी नाटकमा पर्दापण रहने मुद्दा र साझा विचार चेतको संयोजन मुख्य रहैको छ ।’

मञ्चन हुन लागेको उक्त नाटक ‘झोडा’ लेखक गणेश रसिको उपन्यास ‘आकाशगंगाको ओतमुनी’ को नाट्य रुपान्तरण हो । यसको नाट्य रुपान्तरण भने लेखक सुमन लिङ्देनले गरेका हुन् । लिङ्देन भन्छन्, ‘वि.सं. २००० को आसपास नै पहाडीया समुदाय मधेश झर्न थालेको भएता पनि झोडा बस्ती र झोडाको व्यापक फडानी भने वि.सं. को २०२१ पछि भएको देखिन्छ । लिम्बूहरूको राजनैतिक अधिकार र राजनैतिक सामित्वसँग गाँसिएको किपट उन्मूलनको आक्रोश मेटाउन पनि दरवारको प्रपञ्च देखिन्छ झोडा व्यवस्थापन । किपट प्रथाको खारेजीसँगै थमाउनीमा झोडा व्यवस्थापनको नीति राज्यले अंगालेको देखिन्छ । यद्यपि आजपर्यन्त भूमिको समस्या यथावत छ । लिम्बू समुदाय र ति समुदायको अर्थराजनीति संग गाँसिएको भूमि व्यवस्थापनको कथा गम्भीर छ। त्यसकै दाउपेज र वस्ती ब्यवस्थापन गर्न पहाडबाट मधेश झरेको यात्रा, यात्राको दुखलाई हामीले बल्न खोजेका हौँ ।’

कुनैपनि सहरमा नाटकघर बन्नु, नियमित नाटक मञ्चन हुनुले उक्त सहरको सौन्दर्य झल्काउँछ । ज्ञानको उच्चतम प्रयोग भन्दा अन्युक्ती होला । नाट्यक्षेत्रमा संघर्षरत रमिता राई, मनकुमार योङहाङ, मनिक शंकर, दिपक खरेल, मिना लिम्बू योङहाङ, उदय लिम्बू, प्रबिन मगर लगायत नया अनुहारपनि नाटकमा देखिनेछ ।
‘यसको पृष्ठभूमि अलिक भिन्न र जटिल भएको कारण संगीत संयोजनमा विशेष ध्यान दिएका छौँ । नाटकमा संगीत संयोजन धेरै जटिल काम रहेछ’, रिहल्सलमा ब्यस्त संगीत क्षेत्रका बालकृष्ण राईले बताए ।

रिहल्सलमा रहेको उक्त नाटक ’झोडा’ असोज २६ गतेदेखि मञ्चन हुनेछ ।

‘जयमाया आफू मात्र लिखापानी आईपूगी’

दमककै कदम थिएटरको ‘पाङवाईला हिम्’मा भने अहिले ‘जयमाया आफू मात्र लिखापानी आईपुगी’ नाटक मञ्चन भईरहेको छ । राजधानीको व्यवस्थित नाटकघरहरुमा त नियमित रुपमा नाटक मञ्चन हुने नै भए, राजधानी बाहिर पनि नाटकको माहोल गज्जपले तातिएको छ । 

पूर्वका धेरै स्थानहरूमा नाटकको तयारी चल्दैछ । कदम थिएटरले अहिले दिवंगत लेखक ईन्द्र बहादुर राईद्वारा लिखित कथामा आधारित ‘जयमाया आफू मात्र लिखापानी आईपुगी’को मञ्चन गत १२ गतेबाट सुरु गरेको हो ।
उक्त नाटकको निर्देशन काठमाडौंंमा धेरै संघर्ष गरेर मोफसलमा नाट्य क्षेत्रमै केही गर्ने ध्येयका साथ पूर्व फर्केका जीवन बरालले गरेका हुन् ।
‘नाटकको प्रतिक्रिया सोचेभन्दा राम्रो भईरहेको छ । यसले हामीलाई थप उर्जा दिएको छ। कला त गाउँघरका कुनाकन्दरामा लुकेका छन्। हामी ति कलालाई उजगार गर्न चहान्छौँ’, निर्देशक बरालको भनाइ छ ।

  उक्त कथालाई नाटकमा रुपान्तरण भने कदम थिएटरका कला निर्देशक सिजन दाहालले गरेको हुन्। ’कदम थिएटरको पहिलो कार्यशाला र त्यस कार्यशाला  प्रशिक्षबाट उत्पादित नाटक भएकोले अलिकति डर त थियो नै। काम राम्रो भएको र दर्शकको प्रेमले अब त्यो रहेन। हामीमा उर्जा सञ्चार भईरहेको छ।’ 

उक्त नाटक असोज २१ सम्म मञ्चन हुनेछ।