September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

पहिचानका लागि युवा लिखित टिसर्ट हस्तान्तरण

755

काठमाडौँ । ताप्लेजुङ जिल्लामा गठन हुँदै गरेको “पहिचानको लागि युवा” अभियानको लागि ७५ थान टिसर्ट हस्तान्तरण भएको छ ।

इजरायलका समाजसेवी, अभियन्ता तथा सहयोगी दाताहरुबाट प्रायोजन भएको टिसर्ट हस्तान्तरण भएको हो ।

पहिचानको लागि युवा दस्ताका केन्द्रीय सह–संयोजक विराज आङ्देम्बे तथा कियाचु केन्द्रिय महासचिव निरन्ती तुम्बापोलाई हस्तान्तरण कार्य सम्पन्न भयो ।

Advertisement

‘प्रवासमा रहेर पनि आफ्नो मातृभूमि, संस्कृति, सभ्यता, पहिचानलाई माया गर्नुहुने इजरायलबासीलाई धन्यवाद छ ।’ हस्तान्तरणपश्चात फेसबुकमा पोष्ट गर्दै अभियन्ता जहरमान थुपुको थेबेले बताएका छन् ।