काठमाडौं । साहित्यकार टंक वनेमको संस्मरणसंग्र ‘सुदुर स्मृतिका बिम्बहरू’ लोकार्पण भएको छ । बुधबार काठमाडौंको पुतलीसडकस्थित सिद्धकाली प्रेसमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । नेपाली वाङ्मय परिषदका अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यतामा संग्रह लोकार्पण कार्यक्रममा सम्पन्न भएको थियो ।
नेपाली वाङ्मय परिषद र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा संयुक्त आयोजित लोकार्पण कार्यक्रममा समालोचक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षित,अन्वेशक तथा लालिगुराँस नगरपालिका तेह्रथुमका मेयर अर्जुन माबुहाङ, संस्कृतिविद् तथा दर्शनविद डा भक्त राई, वरिष्ठ लेखक राजेश्वर थापा, समालोचक तथा उपप्राध्यापक डा हरिप्रसाद सिलवाल, सशत्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्ज कुमार राई र मकरध्वज वनेम लगायतको आतिथ्यता रहेको थियो ।
संग्रहबारे बोल्दै प्रमुख अतिथि बौरागी काइँलाले ‘सुदुर स्मृतिका बिम्बहरू’ यश पुस्तक शिर्शकबाटै कस्तो पुस्तक हो भन्ने थाहा हुने बताए । ‘धेरै अघिका, बिर्सन लागेका कुरा नै विस्मृतिका कुराहरू हुन् । लेखकले यसलाई लेखेर पाठकसामु पुर्याउनुभएको छ । यश पुस्तक पढ्न पाउनु मेरो लागि पनि अवसरको कुरा हो ।’, उनले भने ।
पुस्तक ढिला हात परेको र किताबको आकार ठूलो भएको हुँदा पूरा पढ्न नपाएको तर विशेष विषयहरू पढ्दा पुस्तकबारे प्रष्ट भएको काइँलाले बताए । उनले थपे, ‘वहाँकै दाजु र मेयर अर्जुनबाबुले लेखेको मन्तव्य पढें । यही मन्तव्यले लेखक र उनले लेख्न खोजेको कुरालाई इसारा गर्छ ।’
काइँलाले गाउँघरको जीवन, बाँच्ने तरिका, बाटोघाटो, अन्धविश्वास वा विस्वासले भरिएका चिजहरू यिनै रहेको बताउदै लेखन सुन्दर र मोहक भएको पनि बताए । ‘यश पुस्तकमा प्रयोग भएका भाषा पनि उत्तिकै राम्रो लाग्यो । मैले जान्दा कविको रुपमा देखेको टंक वनेमको यस’, काइँलाले थपे किताब रिफरेन्सको रुपमा देखें ।
कार्यक्रममा बोल्दै समालोचक डा हरिप्रसाद सिलवालले यश संग्रहमा स्मृति र विस्मृतिका बिम्बहरूको द्वन्द रहेको बताए। ‘विस्मृतिको बिम्ब लेख्न कठिन छ ।तर, यश संग्रहमा लेखकले कलात्मक तरिकाले विस्मृतिका कुराहरू लेख्नुभएको छ ।’ ल, सिलवालले भने । पुस्तकमा माटोको अनुभुति र लेखक आफूले बाँचेको जीवन रहेको बताए । उनले भने, ‘यो पढ्नु आफ्नै जिन्दगी पढ्नु हो।’
यस्तै, कार्यक्रममा बोल्दै लेख तथा समालोचक राजेश्वर थापाले यस संग्रहमा आफ्नो पनि बाल्यकाल रहेको बताए ।उनले भने, ‘आजभन्दा करिब ४० बर्ष अघि पूर्वी पहाडमा बाँचेको र भोगिएका कुराहरू छन्, जुन जीवन मैले पनि भोगेर आएको हुँ ।’ ती बाल्यकालका जीवनहरूलाई आख्यान र मिथकसँग जोडेर मीठो बनाएको बनाइएको पनि उनले बताए । ‘अहिलेको बालकहरूको लागि यो जीवन्त इतिहास हुन्छ ।’, उनले थपे ।
संस्कृतिविद् तथा दर्शनशास्त्री डा भक्त राईले यश संग्रहमा ठूल्ठूला इतिहास भएको हुँदा सम्बन्धित ठाउमै विमोचन गरिएको भए अझैं राम्रो हुने बताए । ‘पूर्वी लिम्बुवानको विषयहरू समेटिएको यो संग्रह उतै विमोचन गर्न पाएको भए अझ सान्दर्भिक हुने थियो ।, राईले भने । लेखन शैलीमा सशक्तीकरण भएको जसले गर्दा पढेर नसकुन्जेल पुस्तकले तानेको उनले बताए।’यश पुस्तकमा लिम्बुवानमा पाइने जीवन छ । ताप्लेजुङलाई जुरुक्कै उचालेको छ ।’, उनले थपे।
यस्तै, पुस्तकबारे बोल्दै नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व सदस्य सचिव प्रा. जगत उपाध्याय प्रेक्षितले नेपालको पूर्वी लोम्बुवान र खम्बुवान बारे यश पुस्तकमा जीवन्त ढंगले आएको हुँदा पूर्वी जनजीवनलाई अझैं नजिकबाट बुझ्न पाएको बताए । उनले भने, ‘यसअघि मैले पूर्वी लिम्बुवान-खम्बुवानको इतिहास बारे लेखिएका केही लेख तथा पुस्तकहरू पढेको थिएँ, तर यश पुस्तकले भने अझैं नजिकबाट बुझ्ने मौका दियो ।’ उनले लिम्बुवान र किराँत क्षेत्रका संस्कार संस्कृतिको आधारमा यो आधिकारिक पुस्तक रहेको पनि बताए ।
उपाध्यायले आफूले भोगेका, देखेका र सुनेका कुरालाई जीवन्त राख्न संस्मरणमा लेखिने उल्लेख गर्दै यसभित्र आफूले भोगेका र फरक विषय पनि समेट्न पाए अझ राम्रो हुने पनि सुझाए । ‘यो पुरस्कृत गर्न योग्य कृति हो । यस्ता पुस्तकहरूलाई खोजेर पुरस्कृत गर्नुपर्छ ।’, उनले भने ।
यस्तै, लेखक टंक वनेमले जीवनमा सामान्य मान्छेले भोग्ने गरेको घटना मात्रै आफूले भोगेको र उनै भोगाइलाई यश पुस्तकमा समेटेको बताए । ‘मेरो जीवनमा त्यति ठूलो घटना घटेन । सामान्य जीवन बाँचे । त्यही भोगाइलाई यश पुस्तकमा समेटेको छु ।’, उनले भने । यश पुस्तकमा आफ्नो बाल्यकाल समेटिएको पनि उनले बताए । ‘बाल्यकालमा जहाँको माटोसँग खेलिन्छ, त्यही माटोको माया लागिरहने रहेछ । त्यही सेरोफेरोमा यश पुस्तकको जन्म भएको हो ।’, उनले भने ।
कार्यक्रमका सभाध्यक्ष कवि शशि लुमुम्बुले यश पुस्तकका लागि करिब २ बर्ष डेक्सका लागि मात्रै खर्चिएको । वनेमले यश धेरै चिन्तन र अध्ययन गरेर यश पुस्तक लेखेको पनि बताए ।
मैवाखोला-२, ताप्लेजुङका वनेम हाल वेस्टबर्मिज, बर्मिङघाम, यूकेमा बसोबास आइरहेका छन् । बेलायतमा रहेर कथा, कविता, संस्मरण, मुन्धुम, इतिहास तथा खोज-अ -अनुसन्धानमा कलम चलाउदै आएका वनेमको
यो सातौं कृति हो । यसअघि वनेमका ‘साँगुरी र बुढासुब्बा’ (कवितासंग्रह-२०६३), ‘पेन्जिरि पेन्मिक्हा (भुल गर्ने जोडी आँखा, कवितासंग्रह-२०६३), ‘सङ्गिनको मुर्छना’ (कवितासंग्रह-२०७९), ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ (इतिहास खोज-अनुसन्धान, सङ्कलन तथा लेखन- २०७०), ‘श्लेष्मान्तकको साम्माङ (कथासङ्ग्रह- २०७१) र ‘सुदूर विस्मृतिका बिम्बहरू (संस्मरणसङ्ग्रह- २०७९) प्रकाशित छन् ।
उक्त कार्यक्रमको संचालन नेपाली वाङ्मय परिषदका सचिव प्राज्ञ टीका चाम्लिङले गरेका थिए । कार्यक्रममा कवि स्वप्निल स्मृति, पर्या साहित्यकार विजय हितान, कवि चन्द्रवीर तुम्बापो, गायिका झुमा लिम्बु, कियाचुका पूर्व अध्यक्ष योगराज वनेम, साहित्यकार विकु लामा, साहित्यकार तथा पत्रकार गणेश वाम्बुले, कवि छम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।