November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

2.2K

नुवाकोट : बेलकोटगढी नगरपालिका–१२ की  महिला वडा सदस्य सुकुमई तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको हो। खेतमा काम गरेर फर्किने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । 

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले जानकारी दिए। उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट महिला सदस्य निर्वाचित भएकी थिइन्।

Advertisement