पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा पानी पार्न जनप्रतिनिधिलाई बाँधेर पूजा गरेका छन् । खडेरीले आजित भएपछि सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका हुन् ।
लामो समयदेखि पानी नपर्दा किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गरेका हुन् ।
गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए । धार्मिक मान्यताअनुसार यसो गरिएको उनको भनाइ छ ।